Planning and Monitoring
योजना तथा अनुगमन शाखाको कार्य विवरण
१. योजना तर्जुमा
· बाल स्वास्थ्य महाशाखाको आवधिक तथा रणनैतिक योजना तर्जुमा गर्न आवश्यक सहयोग गर्ने।
· बाल स्वास्थ्य महाशाखाको बजेट सम्वन्धी कार्य गर्ने।
· मन्त्रालय तथा विभागको स्वास्थ्य सम्वन्धी आवधिक तथा रणनीतिक योजना तर्जुमा गर्दा आवश्यक सूचना उपलव्ध गराउने।
· क्षेत्र तथा जिल्लाको स्वास्थ्य सम्वन्धी आवधिक तथा रणनीतिक योजना तर्जुमा गर्न सहयोग गर्ने।
· आवश्यकता अनुसार विभिन्न स्तरका योजना सम्वन्धी गोष्ठिहरू सञ्चालन गर्ने तथा क्षेत्र र जिल्लावाट गरिने योजना सम्वन्धी गोष्ठिहरूमा सहजिकरण, अनुगमन तथा सुपरिवेक्षण गर्ने।
२. अनुगमन तथा मूल्यांकन
· बाल स्वास्थ्य संवन्धी अनुगमनका लागी आवश्यक पर्ने अभिलेख तथा प्रतिवेदन तयार गर्ने।
· बाल स्वास्थ्य सम्वन्धी स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली वाट नियमित रूपमा सूचना प्राप्त गरी प्रशोधन तथा विश्लेषण गर्ने तथा आवश्यकता अनुसार पृष्ठपोषण गर्ने।
· मातहतका निकायहरूमा अनुगमन तथा मूल्यांकन गर्ने।
· महाशाखासंग संवन्धीत सर्भे/सर्भेक्षण तथा अनुसन्धात्मक कार्य गर्ने।
· मातहतका निकायमा अनुगमन तथा मूल्यांकन र सुपरिवेक्षण गरी आवश्यक सुझाव तथा सल्लाह दिने।
· आवश्यकता अनुसार विभिन्न स्तरका समिक्षा गोष्ठिहरू सञ्चालन गर्ने तथा क्षेत्र र जिल्लावाट सञ्चालित समिक्षाहरूको अनुगमन तथा सुपरिवेक्षण गर्ने।
· तथ्यांक उत्पादन हुने श्रोतदेखि सवै स्तरका प्रयोगकर्तासम्म पुग्दा तथ्यांकको गुणस्तर कायम भएको सुनिश्चित गर्न विभिन्न कार्यक्रम संञ्चालन गर्ने।
· तालुक, मातहतका निकाय तथा सहयोगी संस्थाहरूसंग समन्वय राखी योजना, अनुगमन तथा मूल्यांकन र अनुसन्धानात्मक संवन्धी कार्य गर्ने।
३. अनुसन्धान
· खोज/अनुसन्धानका प्राथमिकताका क्षेत्रहरू पहिचान गरी आवश्यकता अनुसार खोज/अनुसन्धान गर्ने।
अनुसन्धान र अध्ययनका नतिजाहरूलार्इ व्याख्या तथा डिस्सेमिनेसन गर्दै आवश्यकता अनुसार योजना तर्जुमा गर्न सहयोग पुर्याउने।

